+
+
Shares

निक्षेप संकलन उपकरणको ब्याजदर वर्षभरिकै न्यून

बुधबार बैंक तथा वित्तीय संस्थाले माग गरेको ब्याजदर अधिकतम २.९८ र न्यूनतम २.९४ प्रतिशत छ । यसको औसत ब्याजदर २.८००७ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर चालु आवकै न्यून हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणको ब्याजदर चालु आर्थिक वर्षको न्यूनतम स्तरमा झारेको छ।
  • बुधबार ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न केन्द्रीय बैंकले १ खर्ब ३३ अर्ब ९५ करोड रुपैयाँ माग भएका मागभन्दा बढी निक्षेप दिन चाहिँदा ब्याजदर घटाएको हो।
  • बैंक तथा वित्तीय संस्थाले माग गरेको औसत ब्याजदर २.८००७ प्रतिशत कायम भएको छ, जुन यस वर्षको न्यूनतम हो।}]}# Output: {
  • summaries
  • : [

१५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा प्रयोग हुने निक्षेप संकलन उपकरणको ब्याजदर चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झारेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता समस्या झनै जटिल हुँदा निक्षेप संकलन उपकरणको ब्याजदर घटेको हो ।

बुधबार केन्द्रीय बैंकले वित्तीय प्रणालीको ८० अर्ब रुपैयाँ खिच्न निक्षेप उपकरण प्रयोग गरेको थियो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले १ खर्ब ३३ अर्ब ९५ करोड रुपैयाँ दिन चाहेका थिए । बैंक तथा वित्तीय संस्थाले नै माग गरेभन्दा धेरै निक्षेप दिन चाहेपछि ब्याजदर घटेको हो ।

बुधबार २७ बैंक तथा वित्तीय संस्थाले ६२ आवेदन मार्फत निक्षेप दिन चाहेका थिए । बैंक तथा वित्तीय संस्थाले माग गरेभन्दा अधिक निक्षेप दिन चाहेपछि ब्याजदर पनि घटेको हो ।

बुधबार बैंक तथा वित्तीय संस्थाले माग गरेको ब्याजदर अधिकतम २.९८ र न्यूनतम २.९४ प्रतिशत छ । यसको औसत ब्याजदर २.८००७ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर चालु आवकै न्यून हो । यसअघि गत २ भदौमा निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.८८३३ प्रतिशत थियो ।

केन्द्रीय बैंकले अन्तरबैंक दर ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशतभन्दा केही माथि लैजान खोजेको थियो । तर, बैंक तथा वित्तीय संस्थाले बुधबार स्थायी निक्षेप प्रयोग गर्न नपाउने तथा मंगलबार प्रयोग गरेको बुधबार परिपक्व हँुदा प्रणालीमा अस्वाभाविक तरलता बढेको हो ।

स्थायी निक्षेप सुविधाबाट तरलता व्यवस्थापन हुन नसक्दा केन्द्रीय बैंकले निक्षेप उपकरण प्रयोग गर्छ । निक्षेप उपकरणको ब्याजदर पनि स्थायी निक्षेप सुविधाकै हुन्छ । प्रणालीमा अधिक तरलता भएको खण्डमा अन्तरबैंक दर घट्ने भएपछि अल्पकालीन ब्याजदरमा अस्वाभाविक उतारचढाव आउँछ । त्यसको असर बचतकर्तासम्म पुग्छ ।

त्यसैले केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तरबैंक दर ब्याजदर करिडोरभित्र राख्न निक्षेप उपकरण प्रयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?