+
+
Shares

आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगको बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
  • बैठकले बजेट प्रक्रियालाई व्यवस्थित बनाउन स्रोत अनुमान र सीमाको आधारमा आय र व्ययको अनुमान तयार गर्न निर्देशन दियो।

१५ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/८३–२०८४/८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो ।

सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२/८३ वार्षिक आय र व्ययको विवरण समाहित हुनेछ ।

बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रूप दिइ अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको प्रस्तुति गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने कााम भइरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?