
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८१–८२ अनुसार फागुनसम्म ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ।
- गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६० लाख सेवा प्रवाह भएको थियो।
- यसले चालु आर्थिक वर्षमा लगभग ७ लाख ५८ हजार कम सेवा प्रवाह भएको देखिन्छ।
१५ जेठ, काठमाडौं । सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्म कुल ४ करोड ५२ लाख ४२ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ ।
आर्थिक सर्वेक्षण २०८१–०८२ अनुसार अन्तरंग, बहिरंग र आकस्मिक सेवा गरी जम्मा ४ करोड ५२ लाख ४२ हजार पटक सेवा प्रदान गरिएको हो ।
यो संख्या गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिको तुलनामा केही कम रहेको छ ।
गत आर्थिक वर्षको फागुनसम्म ४ करोड ६० लाख पटक स्वास्थ्य सेवा प्रवाह भएको थियो ।
यसरी हेर्दा चालु आर्थिक वर्षमा लगभग ७ लाख ५८ हजार पटक कम सेवा प्रवाह भएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4