+
+
Shares

डाक्टर र नर्सको अध्ययन कोटा वृद्धि गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा चिकित्सा र नर्सिङ अध्ययन कोटा वृद्धि गर्ने घोषणा गरे।
  • सरकारले मेडिकल कलेज निर्माणका लागि विभिन्न स्थानमा ५६ करोड रुपैयाँ छुट्याएको छ।
  • उहाँले भने, ‘चिकित्सा शास्त्र र नर्सिङ प्राविधिक क्षेत्रको जनशक्ति अभाव नहोस भनेर कोटा र मापदण्ड परिमार्जन गरिनेछ।’

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष चिकित्साशास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि लगाइएको जानकारी दिए ।

‘चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ,’ पौडेलले भने ।
सरकारले निमार्णको क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वा धार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?