+
+
Shares

सरकारले सडकमा आरसीसी ढलानलाई प्राथमिकता दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा आरसीसी ढलानलाई प्राथमिकता दिने घोषणा गरे।
  • सरकारले शहरी तथा संवेदनशील क्षेत्रमा स्वदेशी सिमेन्ट र सामग्री प्रयोग गरी सडकको टिकाउपनाका लागि प्रोत्साहन गर्नेछ।

१५ जेठ, काठमाडौं । सरकारले सडकमा आरसीसी ढलानलाई प्राथमिकता दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहरी तथा संवेदनशील क्षेत्रमा सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानलाई प्रोत्साहन दिने घोषणा गरेका हुन् ।

अलकत्रा प्रयोग गरेर हुने कालोपत्रको सट्टा ढलान गर्दा स्वदेशी सिमेन्ट लगायत उत्पादनको प्रयोग बढ्ने भन्दै सरकारलाई व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए ।

बजेटमा पनि सरकारले स्वदेशी उत्पादनको खपत हुने र सडक टिकाउ हुने भन्दै ढलानलाई प्रोत्साहन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?