
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को लागि खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरे।
- बजेट अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको रंगशाला र हिमाली क्षेत्रमा नयाँ स्टेडियम निर्माण गरिनेछ।
- साथै, क्रिकेट मैदान र राष्ट्रिय खेलकुद आयोजना लागि रकम विनियोजन गरिएको छ।
१५ जेठ, काठमाडौं । सरकारले खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन् ।
अर्थमन्त्रीले यो बजेट अन्तर्गत झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने छ ।
सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिनेछ ।
यस्तै, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ ।
मूलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड विनियोजन गरिएको छ ।
सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया 4