+
+
Shares

राजावादी प्रदर्शनस्थलमा हराएको सिक्री भेटियो, भेट्टाउनेलाई ६ हजार पुरस्कार

हराएको सिक्री फिर्ता पाएपछि बास्ताकोटीले भने, ‘बुढीले दिएको गिफ्ट थियो, फिर्ता पाउँदा एकदमै खुशी छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:३१
तस्वीरः चन्द्र आले

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा र राजावादी समूहले गरेको प्रदर्शनस्थलमा हराएको सुनको सिक्री भेटियो।
  • सिक्री भेटिएपछि कृष्ण केसीले जिम्मा लगाएका र गोपाल बास्ताकोटीलाई हस्तान्तरण गरे।
  • प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको र भोलि नयाँ कार्यक्रम तय भएको छ।

१५ जेठ, काठमाडौं । राप्रपासहित राजावादी समूहले गरेको प्रदर्शनस्थलमा हराएको सुनको सिक्री फेला परेको छ ।

प्रदर्शनमा सहभागी कृष्ण केसीले सिक्री भेटेर स्टेजमा जिम्मा लगाएका हुन् । त्यसपछि सिक्री धनी गोपाल बास्ताकोटीलाई त्यो हस्तान्तरण गरिएको थियो ।

सिक्री भेटिएपछि आयोजकका तर्फबाट उनलाई ५ हजार र बास्ताकोटीका तर्फबाट एक हजार गरी ६ हजार रुपैयाँ पुरस्कार दिइयो ।

हराएको सिक्री फिर्ता पाएपछि बास्ताकोटीले भने, ‘बुढीले दिएको गिफ्ट थियो, फिर्ता पाउँदा एकदमै खुशी छु ।’

१५ जेठका लागि राप्रपासहित राजावादी समूहले गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको छ । भोलि फेरि १२ बजेदेखि विभिन्न स्थानबाट निस्किएर १ बजे माइतीघर मण्डलामा भेला हुने भनिएको छ ।

प्रदर्शनस्थलमा हराएको मोबाइल भने भेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?