
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा र राजावादी समूहले काठमाडौंमा प्रदर्शन गरे, एक व्यक्तिको मोबाइल र सुनको सिक्री हराएको खबर छ।
- प्रदर्शनमा सहभागीले मोबाइल र सिक्री हराएको खबर गरिदिन अनुरोध गरे, तीन व्यक्तिलाई प्रहरीले समात्यो।
- राजावादीले राजसंस्था पुनर्स्थापना लगायत माग राख्दै विभिन्न स्थानबाट जुलुस निकाले।
१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले गरेको प्रदर्शनमा एक व्यक्तिको मोबाइल र सुनको सिक्री हराएको छ ।
प्रदर्शनमा सहभागीको मोबाइल र सिक्री हराएकोको भन्दै भेट्नेले खबर गरिदिन अनुरोधसहित माइकिङ गरिएको छ ।
राजावादी प्रदर्शनका घुसपैठ भएको भन्दै राप्रपाका नेता, कार्यकर्ताले तीन जनालाई समातेर प्रहरीको जिम्मा समेत लगाएका छन् ।
राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।
प्रदर्शनस्थलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता कमल थापा, सांसद् ज्ञानेन्द्र शाही लगायत पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4