
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व अर्थमन्त्री पुनले बलियो बजेट नआएको टीप्पणी गरेका हुन्।
- बजेटको आकार बढेपनि स्पष्ट लक्ष्यमै अन्याैल रहेकाे बताए।
- बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य पूरा नगरेको उनको भनाइ छ।
१५ जेठ, काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार बलियो भनिए पनि बलियो बजेट नआएको बताएका छन् । ‘बलियो सरकार हो, बलियो खालको बजेट आउनुपथ्र्यो । तर आशा जगाउन सकेन’, बजेटबारे पुनले भने । बजेटको आकार बढेपनि छरिएर आएको उनले बताए ।
‘आकार अलि ठूलो भयो । गत वर्ष भन्दा एक खर्ब एक अर्ब ठूलो छ । संशोधित अनुमान हेर्दा झन् ठूलो आकार (२० प्रतिशत भन्दा बढी) को आएको छ । तर अलि छरिएर के गर्न खोजेको भन्ने देखिएन’ उनले भने ।
पुनले आफूले चालु आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटसँग यो बजेटलाई तुलना गरेका छन् । ‘गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन’ उनले भने, ‘सात प्रदेशलाई सात वटा विशेषतामा विकास गर्ने भनिएको थियो । त्यसबारे केही बोलेको छैन । गण्डकी आर्थिक त्रिभुज लगायतको चर्चा थियो । यसपटक त्यस्ता पनि छैनन् ।’
त्यसैले अर्थतन्त्र चलायमान र आशावादी बनाउनेगरी नआएको उनको प्रतिक्रिया छ । ‘आशा जगाउने, अर्थतन्त्र चलायमान बनाउने भन्दा पनि जस्तो छ, नियमित रुपले गर्यौं भन्ने खालको नियमत बजेटका रुपमा आएको छ’ पूर्वअर्थमन्त्री पुनले भने ।
प्रतिक्रिया 4