+
+
Shares

मर्दी खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेको सशस्त्र प्रहरीका नायव उपरीक्षक एव सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ जेठमा कास्कीको मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भयो।
  • सशस्त्र प्रहरीले शवहरू करीव २० फिट गहिराईबाट निकाल्यो।
  • मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का विशाल र विवश परियार रहेका थिए।

१५ जेठ, काठमाडौं । कास्कीको मर्दी खोलाको ड्याममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेको सशस्त्र प्रहरीका नायव उपरीक्षक एव सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी नीरिक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरुको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?