
१६ जेठ, काठमाडौं । बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो ।
बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ ।
कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य बिहीबारको तुलनामा आज शुक्रबार ८६ रुपैयाँले घटेको छ ।
बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4