
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘ऊनको स्वीटर’ले २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल भएको छ।
- फिल्मले आजसम्म देशब्यापी ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ ग्रस कमाइ गरेको छ।
- निर्देशक नवीन चौहानको यस फिल्मको सांगीतिक पक्षलाई दर्शकले निकै रुचाएका छन्।
काठमाडौं । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । यो फिल्म २०८२ सालको पहिलो सुपरहिट फिल्म समेत बनेको छ ।
सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आज (चौंथो शुक्रबार) मध्यान्ह १२ बजेसम्म देशब्यापी ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ ग्रस कमाइ गरेको छ ।
आर्टमाण्डुको ब्यानरमा निर्माण भएको यो फिल्म प्रदर्शनको शुक्रबार २२ औं दिन पनि हो । नवीन चौहान निर्देशित फिल्मको सांगीतिक पक्षलाई दर्शकले निकै रुचाएका छन् ।
चलचित्र विकास बोर्डका अनुसार देशभर हल संख्या यो सातासम्म १६८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4