
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘नरसिंहा अवतार’ले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- राजेश हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गरेका हुन्।
- निर्माताले दोस्रो श्रृंखलाको निर्माणको घोषणा गरेका छन्।
काठमाडौं । राजेश हमालको शीर्ष भूमिका रहेको फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।
सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
दिवाकर भट्टराई निर्देशित यो फिल्मबाट हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गरेका हुन् ।
हमालसहित यो फिल्ममा राज कटुवाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, सरोज खनाल लगायतको अभिनय छ ।
शम्भुजीत बासकोटा र रचना रिमालको स्वर रहेको ‘अच्छा लिकिन लण्डनको चिसोले’ यतिबेला टिकटक र रिल्समा निकै रुचाइएको गीतमध्ये पर्छ ।
निर्माताले फिल्मको पोस्ट-क्रेडिटमार्फत दोस्रो श्रृंखला निर्माणको समेत घोषणा गरेका छन् । दोस्रो श्रृंखलामा पनि हमाललाई देख्न पाइने अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4