+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

११ महिनापछि शेखर–गगनको भेट

संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउने विषयमा दुई नेताबीच छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते २०:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ ।
  • बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए।

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ ।

शुक्रबार बिहान कोइराला सम्पर्क कार्यालय विशालनगरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय दुई नेताबीच संवाद कम भएको आशंका भइरहेको समयमा कोइराला–थापाबीच भेट वार्ता भएको हो ।

संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउने विषयमा दुई नेताबीच छलफल भएको थियो । गत ३० असारमा कांग्रेससहित दलका सांसदहरूको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

आजको बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

‘गगन दाइ आउनुभएको थियो । पार्टीका नेताहरू भेट्ने कुरा के अनौठो भयो र ?’ थपलियाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?