
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताए।
- उनले मौलिक कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य र पुस्तान्तरण आवश्यक रहेको बताए।
१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
राजधानीमा मिसन मिडिया क्लबले शुक्रबार आयोजना गरेको सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।
‘यहाँका मूर्त वा अमूर्त सम्पदा सँगै विविधा सहितको संस्कृति र रीतिरिवाज आफैंमा बहुआयामिक छ,’ उनले भने, ‘तसर्थ मौलिक कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य सहितको पुस्तान्तरण आवश्यक छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मिडियाले सम्पदा संरक्षणका लागि मिसनकै रूपमा अभियान सुरु गरेर सरोकारवाला निकायको ध्यानाकर्षण गर्नु आवश्यक रहको बताए ।
कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको सरक्षण सँगै पर्यटन प्रवर्द्धनका लागि लिएको चासो निकै अर्थपूर्ण रहेको बताउँदै यसको संरक्षणका लागि स्थानीय मिडियाले खेल्ने भूमिका महत्त्वपूर्ण रहको बताए ।
कार्यक्रममा नेता केसीले एकहप्ते उद्घोषण तालिममा सहभागी दुई दर्जन प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।
प्रतिक्रिया 4