
१७ जेठ, बर्दिबास । नेकपा एमाले मधेश प्रदेशले ६० हजारलाई प्रशिक्षण दिने लक्ष्य लिएको छ ।
केन्द्रीय स्कूल विभागको सहयोगमा मधेश प्रदेश कमिटीले पार्टीका ६० हजार सदस्यलाई नै प्रशिक्षण दिने लक्ष्य लिएको प्रदेश कमिटी सचिव मनोज पौडेलले बताए । उनका अनुसार १६–१७ जेठमा बर्दिबासमा सम्पन्न कार्यशालाले थप प्रशिक्षणबारे निर्णय गरेको हो ।
स्कूल विभाग प्रमुख रहेका एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीकै उपस्थितिमा कार्यशाला सकिएको छ । यो कार्यशालाले माक्र्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादको आधार जस्ता विषय समेटेर पार्टी सदस्यहरुलाई प्रशिक्षण दिन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4