+
+
Shares

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सचेतना कार्यक्रम

अनिल खत्री अनिल खत्री
२०८२ जेठ १७ गते १४:३४

१७ जेठ, गुल्मी । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

सुर्तीजन्य पदार्थ सेवन विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, स्वास्थ्यकर्मीहरू सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकारी गराएका थिए । उनले सुर्तीजन्य पदार्थले मुख, घाँटी, फोक्सो तथा अन्य अंगहरूमा क्यान्सर गराउने, मुटु तथा फोक्सोका रोगहरू निम्त्याउने, जीवनशैलीमा गम्भीर प्रभाव पार्ने तथा सामाजिक र आर्थिक दृष्टिले पनि नकारात्मक असर पार्ने उल्लेख गरे ।

सुर्तीजन्य पदार्थ सेवन केवल व्यक्तिगत समस्या नभएर समाजका लागि चुनौती भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । यसविरुद्ध सामूहिक रूपमा आवाज उठाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले शिक्षण संस्थाहरू, स्वास्थ्य केन्द्रहरू र स्थानीय तहहरूबीच सहकार्य गरेर दीर्घकालीन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण तथा नियन्त्रणको अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?