
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री बलराम अधिकारीको सवारी गाडी सिन्धुपाल्चोकको मेलम्ची खोलामा फसेको थियो।
- प्रहरीले बताए अनुसार, गाडी केहीबेर खोलामा फसेको र उद्धार गरिएको छ।
- उहाँले कार्यक्रमका लागि जाने क्रममा घटना भएको हो।
१७ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो ।
उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4