+
+
Shares

एकतर्फी खुल्यो कोशी लोकमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १७ जेठ, विराटनगरमा कोशी लोकमार्गको फेदी खण्डमा बाढीले करिब सय मिटर सडक बगाएको थियो।
  • बाढीले बगाएको क्षेत्रमा मर्मत गरी एकतर्फी यातायात सञ्चालन गरिएको छ।
  • कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लेउतीले कटान गरेको क्षेत्रको निरीक्षण गरे।

१७ जेठ, विराटनगर । कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी रुपमा यातायात खुलेको छ । लेउती खोलामा शनिबार बिहान आएको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा करिब सय मिटर सडक बगाएको थियो ।

बाढीले बगाएकै क्षेत्रमा मर्मत गरी एकतर्फी यातायात सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठका अनुसार दिनभर सडक मर्मत गरी साझ बाट एकतर्फी रुपमा आवागमन खुला गरिएको हो ।

शनिबार लेउतीले कटान गरेको क्षेत्रको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लेउतीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । कोशी प्रदेश सरकारको तर्फबाट उनले निरीक्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?