
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित समारोहमा गायक जीवन शर्माको गीत ‘सिमली छायाँ’मा नृत्य गरे।
- उनीले आफ्नो नृत्यको भिडियो सामाजिक संजालमार्फत सेयर गरे र गीतप्रति आफ्नो मनोभाव व्यक्त गरे।
- प्रधानमन्त्री ओलीले गायक शर्मालाई हातले तानेर नाच्न आग्रह गरे र दर्शकसँगै नाच्नुभयो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्माको बहुचर्चित गीत ‘सिमली छायाँ’मा छमछमी नाचेका छन् । आयोजित समारोहमा उनले शर्माले गीत गाइरहँदा नृत्य प्रस्तुत गरे ।
आफूले गरेको नृत्यको भिडियोलाई प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सेयर पनि गरेका छन् ।
भिडियो सेयर गर्दै उनी लेख्छन्, ‘ जीवन शर्मा मन पर्ने कलाकार, उहाँको ’सिमली छायाँ’ गीत झनै मन पर्ने । आज जीवन शर्माको गायनसँगै ।’
आसन ग्रहण गरिरहेका ओलीलाई गायक शर्माले हातले तानेरै नाच्न बोलाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले उभिएर शर्मा र अन्य अतिथिसँग नाचे ।
शर्माको गीतमा प्रधानमन्त्रीसँगै दर्शक पनि नाचेका थिए । यसअघिका विभिन्न अन्तर्वार्तामा प्रधानमन्त्रीले शर्मालाई आफ्ना मनपर्ने गायक रहेको बताउने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4