+
+
Shares

लिचीको भाउ बढ्यो, आँपको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारको तथ्यांक अनुसार लिचीको भाउ १९६ रुपैयाँ कायम भएको छ।
  • आइतबार लिचीको भाउ ६ रुपैयाँ बढेको र आँपको भाउ १० रुपैयाँ घटेको छ।
  • लिचीको बजार मूल्य जेठ पहिलो साताबाट घट्दै आएको छ भने आँपको मूल्य घटिरहेको छ।

१८ जेठ, काठमाडौं । बजारमा लिची र आँपको भाउमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिची र आँपको भाउमा घटबढ देखाएको हो ।

आइतबार लिचीको भाउ बढेको छ । शनिबार प्रतिकिलो १९० रुपैयाँमा कारोबार भएको लिचीको भाउ आज १९६ रुपैयाँ कायमा छ । हिजोको तुलनामा आज लिचीको प्रतिकिलो भाउ ६ रुपैयाँ बढेको छ ।

जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्मका कारोबार भएको थियो ।

यस्तै आज आँपको भाउ भने घटेको छ । आज आँपको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अहिले कालीमाटी बजारमा मालदह र दसहरी आँप किन्न पाइन्छ । शनिबार मालदह आँप प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज भने मालदह आँप प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

शनिबार प्रतिकिलो ९० रुपैयाँमा कारोबार भएको दसहरी आँप आज आइतबार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  २ दिनअघि आँप प्रतिकिलो २०० देखि १५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?