+
+
Shares

बग्गीमा चढेर ‘जन्ते बाख्रो’ प्रवर्धन गर्दै गरिमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जन्ते बाख्रो’को प्रचारका लागि काठमाडौंमा शनिबार ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम आयोजना गरियो।
  • कार्यक्रममा अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर र गीत प्रस्तुतिका साथ प्रचार गरिएको थियो।
  • निर्देशक सुनुवारले यसले दर्शकलाई प्रत्यक्ष जोड्न मद्दत गर्ने बताए र ग्रामीण चलनको कथा प्रस्तुत गर्दछ।}

काठमाडौंमा । जेठ २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ले प्रचारमा भिन्न शैली पछ्याएको छ । यसअघि ठूला शहरमा चल्ने सवारी साधनमा पोस्टर टाँसेर फिल्मले दर्शकलाई आकर्षित गरेको थियो ।

फिल्मले शनिबार काठमाडौंमा भिन्न शैलीको प्रचार कार्यक्रम गरेको छ । सिटी स्क्वायर मलको प्रांगणमा भव्यतासँग फिल्मले दर्शकलाई फिल्मबारे जानकारी दिने प्रयत्न गर्‍यो ।

अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट कार्यक्रमस्थल पुर्‍याइयो । फिल्मको पोस्टर अंकित टिसर्ट लगाएर विवाहको शैलीमा पञ्चेबाजासहित गरिमालाई लगिएको थियो ।

‘जन्ते बाख्रो साँझ’ नाम दिइएको कार्यक्रमको उद्देश्य बृहत दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्नु थियो । फिल्ममा समावेश गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ’मुकु मुकु म्या’का गायक बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले दर्शकलाई झुमाए ।

उक्त कार्यक्रममा गरिमासहितका कलाकार आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतम पनि थिए ।

यस्ता प्रमोसनल इभेन्टले सिनेमासँग दर्शकलाई प्रत्यक्ष जोड्न सघाउने भएकाले पनि आयोजना गरिएको निर्देशक सुनुवारले बताए । यो फिल्मले जन्तीलाई टपरी र दुनामा राखेर भोज खुवाउने ग्रामीण चलनको कथा पेश गर्ने निर्माता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?