+
+
Shares

बारामा टिपरको ठक्करबाट बालिकाको मृत्यु

बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको कलैया उपमहानगरपालिका-१ मा टिपरले ६ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको हो।
  • प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
  • बालिकालाई उपचारका लागि अस्पताल ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

१८ जेठ, काठमाडौं । बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बाराको आशिर्वाद अस्पताल कलैया लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि बालिकालाई बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

टिप्पर चालक बारा कलैया उपमहानगर-१८ का ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?