
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा अन्य सातजना राप्रपा नेपालका नेता र कार्यकर्ताहरू छन्।
- पक्राउ पर्नेहरूमा पूर्वगृहमन्त्री कमल थापा, शिला राणा, रोकश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झा छन्।
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् ।
सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न परिसर गएका थिए ।
सांसद सिंहसँगै राप्रपा प्रवक्ता तथा प्रचार विभागका प्रमुख तथा मोहनकुमार श्रेष्ठ पनि गएका थिए । प्रहरीले उनलाई बाहिर निकालेर सांसद सिंहसँग केही सोधपुछ गर्नुछ भन्दै नियन्त्रणमा लिएको सांसद सिंहको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले सांसद सिंहलाई सोधपुछका लागि राखिएको जानकारी दिए ।
सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।
प्रतिक्रिया 4