+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महिलाको बिहे गर्ने उमेर घटाउनुपर्छ : महिला, बालबालिकामन्त्री साह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर १८ वर्ष गर्नुपर्ने बताएका छन्।
  • उनले समाजिक, धार्मिक र अभिभावकको माग अनुसार यसमा परिवर्तन आवश्यक रहेको बताए।
  • मन्त्रीले यस सम्बन्धित प्रस्ताव संघीय संसदमा पेस गरेको उल्लेख गरे।

१८ जेठ, धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने बताएका छन् ।

आज जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ।’

उनले समाजिक, धार्मिक तथा अभिभावकको माग अनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिए ।

उनले यससँग सम्बन्धित प्रस्ताव संघीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?