+
+
Shares

केयू र रोटरीबीच स्टिम शिक्षाको छात्रावृति कोष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालय र रोटरी इन्टरनेशनलबीच ‘रोटरी वाइज फन्ड’ को स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भए।
  • महिला सशक्तिकरणका लागि पाँच वर्षको साझेदारीमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ्ग र गणित क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्ने उद्देश्य राखिएको छ।
  • प्रारम्भिक चरणमा १ करोड रुपैयाँको कोष निर्माण गरिनेछ, जसको ब्याजबाट छात्रवृत्ति र कोषमा पुनः थप गरिने व्यवस्था छ।

१८ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय र रोटरी इन्टरनेशनलबीच ‘रोटरी वाइज फन्ड’ को स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

महिला सशक्तिकरण अन्तर्गत महिलाहरूलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ्ग र गणित (स्टिम) क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्ने उद्देश्यले पाँच वर्षको साझेदारी गरिएको काठमाडौं विश्वविद्यालयका एकेडेमिया इन्डस्ट्री कोअप्रेसन संयोजक डा. राम लामाले बताए ।

सम्झौतापत्रमा केयूका रजिष्ट्रार प्रा. डा. राजिव श्रेष्ठ, डा. लामा र रोटरी डिस्ट्रीक ३२९२ का तर्फबाट डिस्ट्रीक गभर्नर राजेन्द्रमान श्रेष्ठ र रोटरीयन रमन नेपालले हस्ताक्षर गरेका थिए ।

‘रोटरीसँगको यो सहकार्यले समावेशी शिक्षाको दृष्टिकोणलाई थप मजबुत बनाउनेछ । योग्य र मेधावी छात्राहरूलाई प्रोत्साहन गर्ने यो कार्यक्रम प्रेरणादायी हुनेछ,’ संयोजक लामाले भने ।

प्रारम्भिक चरणमा १ करोड रुपैयाँको कोष निर्माण गरिने छ । जसको ब्याजमध्ये ५० प्रतिशत छात्रवृत्तिका लागि प्रयोग गरिनेछ भने बाँकी ५० प्रतिशत कोषमा पुनः थप गरिने व्यवस्था गरिएको लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?