
News Summary
Generated by OK AI. Editorially reviewed.- १८ जेठ काठमाडौंमा न्यायपालिका अधिकृत समाजको नयाँ कार्यसमिति चयन भयो।
- अध्यक्षमा अच्युत कुइँकेल, उपाध्यक्षमा निराजन पाण्डे र शारदा फुयाँल चयन भए।
- समाजले न्याय प्रशासन समूहका कर्मचारीहरूले गठन गरेको हो।
१८ जेठ, काठमाडौं । न्यायपालिका अधिकृत समाजमा नयाँ कार्यसमिति चयन भएको छ । जस अनुसार अध्यक्षमा अच्युत कुइँकेल चयन भएका छन् ।
कुइँकेल सर्वोच्च अदालतका प्रवक्ता र मुद्दा महाशाखा प्रमुख हुन् ।
उपाध्यक्षमा भने निराजन पाण्डे र शारदा फुयाँल चयन भएका छन् । महासचिवमा अविधान सापकोटा चयन भएका छन् ।
सचिवमा वीरेन्द्र बस्नेत र कोषाध्यक्षमा प्रकाश सुवेदी चयन भएका छन् ।
खुला सदस्यमा नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उर्मिला भट्टराई, तेजबहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका छन् ।
त्यस्तै, प्रदेश सदस्यहरू रामचन्द्र बस्नेत, प्रभाकर कुमार मल्लिक, भुपाल सुवेदी, सञ्जीव ढकाल, रामप्रसाद पोखेल, उज्ज्वलदेव रावल र चेतराज पन्त ।
न्याय प्रशासन समूहमा कार्यरत अधिकृत स्तर वा त्यो भन्दा माथिल्लो तहका कर्मचारीहरुले समाज गठन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4