 
																						News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद दिपक सिंहले सरकार लुतेर आफूहरूलाई छोडेको प्रतिक्रिया दिए।
- उनले आफू बिना शर्त रिहा भएको र भोलि बोलाएको खण्डमा किन हाजिर हुने प्रश्न गरे।
१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक सिंहले सरकार लुते भएर आफूहरूलाई छाडेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाटै पक्राउ परेका सांसद सिंह साँझ त्यहाँबाट रिहा भइसकेका छन् ।
रिहा भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म सम्पूर्ण पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनदेखि पार्टीका विभिन्न तहमा राप्रपा नेपालका साथिहरू, राष्ट्रवादी सबैको जुन जमर्को दिएर देशभर आगो लगाउने संकल्प गरिकन दुई घण्टाभित्र जुन तातेको छ । त्यही कारण सरकार लुते भइकन हामीलाई छाड्नुपर्यो,’ सिंहले भने ।
उनले आफू बिना शर्त रिहा भएको र भोलि बोलाएको खण्डमा किन हाजिर हुने ? भन्दै प्रश्न गरे ।
‘बिनाशर्त भोलि बोलाएको खण्डमा के गरेको छु ? देश बेचेको छु ? सरकारी जग्गा खाएको छु ? किन हाजिर हुने ?,’ उनले भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4