+
+
Shares

अमेरिकाको न्यूजर्सीमा पहिलोपटक नेपाल डे उत्सव

राजदूत थापाले यस्ता कार्यक्रमहरू नेपाल र नेपाली प्रवर्द्धननमा सहयोगी हुने बताउँदै जनस्तरको सम्बन्धलाई मजबुत बनाउन सकिने विश्वास व्यक्त गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली समुदायले पहिलोपटक न्यूजर्सीमा नेपाल डे उत्सव मनाए।
  • कार्यक्रमले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
  • अगामी वर्षहरूमा पनि यस कार्यक्रमको आयोजना हुने आयोजक संस्थाका अध्यक्षले बताए।

१९ जेठ, काठमाडौं । अमेरिकाको न्यूजर्सीमा रहेका नेपाली समुदायले पहिलोपटक नेपाल डे उत्सव मनाएका छन्। नेपाली कला, संस्कृति, पर्यटन र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कमा बसोबास गर्ने नेपाली तथा नेपाली मूलका अमेरिकीहरूको सहभागिता थियो।

संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले कार्यक्रमको उद्घाटन संयुक्त रूपमा गरे। कार्यक्रममा नेपालको संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

राजदूत थापाले यस्ता कार्यक्रमहरू नेपाल र नेपाली प्रवर्द्धननमा सहयोगी हुने बताउँदै जनस्तरको सम्बन्धलाई मजबुत बनाउन सकिने विश्वास व्यक्त गरे।

त्यसैगरी नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले उपमेयर रेईनिजलाई नेपालसम्बन्धी जानकारीमूलक पुस्तकहरू हस्तान्तरण गर्दै नेपाल भ्रमणका लागि आमन्त्रण गरे। उनले नेपाललाई सुरक्षित, रमणीय, प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा सांस्कृतिक विविधतायुक्त देशका रूपमा चिनाउँदै सहभागीहरूलाई सकारात्मक सन्देश फैलाउन आग्रह गरे।

कार्यक्रममा सहभागी नेपालीहरू आ-आफ्ना मौलिक पहिरनमा सजिएर उपस्थित भएका थिए भने कार्यक्रम स्थलमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य दर्शाउने व्यानरहरू र मौलिक सामग्रीहरूको स्टलसमेत राखिएको थियो। स्थानीय अमेरिकी समुदायले पनि उत्सवमा चासोपूर्वक अवलोकन गरेका थिए।

नेपाल डे उत्सव ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, एनआरएनए अमेरिका (न्यूजर्सी च्याप्टर), एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल लगायतका सामाजिक संघसंस्थाहरू तथा नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। नेपाल डे कार्यक्रम आगामी वर्षहरूमा पनि नियमित रूपमा आयोजना गरिने अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?