+
+
Shares

बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहितको आन्दोलन आज सुस्ताएको छ।
  • जनआन्दोलन समितिले बन्द फिर्ता गरेपछि कार्यक्रमबारे अनिश्चितता छ।
  • प्रहरीले राप्रपा नेपालका अध्यक्षलाई नियन्त्रणमा लिएको थियो।

१९ जेठ, काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले गर्दै आएको आन्दोलन आज सुस्ताएको छ । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएको जनआन्दोलन समितिले आज अरु कार्यक्रम सार्वजनिक गरेको छैन ।

यद्यपि नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिका एक नेताहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्तरिक छलफल भइरहेको बताएका छन् । ‘हामी कार्यक्रमकै बारे छलफलमा छौं,’ ती नेताले भने ।

आइतबार दिउँसोको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्शाल–भाटभटेनी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । लगत्तै राप्रपा अध्यक्ष लिङ्देनले ‘भोलिदेखि खास लडाइँ सुरु हुने’ बताएका थिए । तर अहिलेसम्म आन्दोलनको कार्यक्रमको रुपरेखाबारे अन्यौल छ ।

प्रहरीले दमन गरी नियन्त्रणमा लिएको भन्दै जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्द आह्वान गरेको थियो । तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द हड्ताल जस्ता अलोकप्रिय कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने भनेपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिएको थियो ।

पक्राउ परेका सबैलाई प्रहरीले छाडेको भन्दै समिति संयोजक सुवेदीले बन्दको कार्यक्रम फिर्ता लिएको जानकारीसहित विज्ञप्ति सार्वजनिक गरेका थिए । तर आज अघिल्ला दिनको जस्तो प्रदर्शन र नाराबाजी हुने कि नहुने भन्ने निश्चित छैन ।

समितिका एक सदस्यले भने, ‘बन्द फिर्ता भएपछि जनआन्दोलन समितिले अनिर्णित छ । आजको कार्यक्रमबारे केही जानकारी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?