
News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान वितरण हुनेछ।
- ७ प्रदेशले ९७ अर्ब ५६ करोड ४ लाख र ७५३ स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन्।
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो ।
अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।
७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट जाँदैछ ।
यस्तो छ प्रदेश र स्थानीय तहले पाउने विभिन्न चार प्रकारका अनुदान :
प्रतिक्रिया 4