+
+
Shares

सशस्त्र प्रहरीको हेडक्वार्टर पुगेर गृहमन्त्रीले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १५:५८

१९ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् ।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारीले बताए ।

‘त्यहाँ सातै प्रदेशमा रहनु भएको सशस्त्र प्रहरीका बाहिनीपतिज्यूहरु समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गर्नुभयो’, उनले भने ।

सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौवजीले भने विगतका कमी कमजोरीबारे समेत छलफल गरेर यसपालि कुनै चुक हुन नदिने गरी तयारी गर्ने विषयमा छलफल भएको छ । ‘प्रधान कार्यालयको कार्य विभाग अन्तरगत विपद् महाशाखा छ, त्यसबाट पनि प्रस्तुतिकरण भयो’, उनले अनलाइनखबरसँग भने ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री लेखकसहित भएको कार्यक्रममा नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापा पनि थिए । गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौं उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?