+
+
Shares

क्रोएसिया पठाउने भन्दै १९ लाख ठगेको आरोपमा एक महिला पक्राउ

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी मेनुका पुडासैनीलाई १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरबाट पक्राउ गरेको हो।
  • उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख असुलेर फरार भएको आरोप लागेकी एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई क्रोएसिया पठाउने भन्दै पटक-पटक गरेर १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?