
News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा राहत सामग्री बाँडिरहेको ठाउँमा भएको आक्रमणको जाँच गर्न अपिल गरेको छ।
- गत आइतबार गाजा क्षेत्रमा राहत वितरण भइरहेको ठाउँमा इजरायलको गोली चलेको थियो, जसमा १७९ जना घाइते र ३१ जना मृत्यु भएका छन्।
- प्रत्यक्षदर्शीले भने, इजरायल र अमेरिकाबाट समर्थन प्राप्त गाजा ह्युमनेटेरियन फाउन्डेसनको राहत वितरण स्थलमा गोली चलेको थियो।
२० जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघले गाजा क्षेत्रमा राहत सामग्री बाँडिरहेको ठाउँमा भएको आक्रमणबाट प्यालेस्टिनी मारिएको घटनाको जाँच गर्न अपिल गरेको छ ।
गत आइतबार गाजा क्षेत्रमा राहत वितरण भइरहेको ठाउँमा इजरायलको तर्फबाट गोली चलेको थियो । रेडक्रसका अनुसार आक्रमणमा १७९ जना परेको सूचना अस्पतालका विवरणहरुले दिएका छन् । तीमध्ये ३१ जनाको मृत्यु भएको हमासले सन्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । केही मिडिया रिपोर्टहरुमा पनि कम्तिमा २१ जनाको मृत्यु भएको विवरणहरु छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो घटनामा दुःख व्यक्त गर्दै घटनाको जाँच गर्न भनेको बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार इजरायल र अमेरिकाबाट समर्थन प्राप्त गाजा ह्युमनेटेरियन फाउन्डेसनको तर्फबाट राहत सामग्री वितरण भइरहेको. स्थानमा गोली चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4