
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा मनसुन प्रवेशसँगै बाढी, पहिरोको पूर्वअध्ययन आवश्यक भएको बताए।
- मन्त्री दाहालले विपद्पछिको पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गरे।
- उनले स्थानीय सरकारसँगको समन्वयमा विकास कार्य र विपद्को समयमा संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
२० जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले नेपालमा मनसुन भित्रिसकेको भन्दै त्यसबाट हुनसक्ने बाढी, पहिरोको समस्या हुने ठाउँहरूको पूर्वअध्ययनको काम गर्न सकारात्मक रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।
‘बाढी, पहिरोले दुःख दिने ठाउँहरूको पूर्वअध्ययन गर्नुपर्छ भन्ने कुरामा म सहमत छु,’ मन्त्री दाहालले भने, ‘विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहन्छ ।’
उनले स्थानीय सरकारसँगको समन्वयमा विकास निर्माणका कामहरू पनि गरिरहेको र विपद्को बेलामा संयन्त्र बनाएर काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए।
नेपाल निर्माणको चरणमा रहेकाले पनि केही समस्याहरू आइरहेको मन्त्री दाहालले बताए ।
प्रतिक्रिया 4