
News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदनमा अवरोध गरिरहेका छन्।
- सभामुखले छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल गरी संसदको स्थिति सुधार्ने प्रयास गरिरहेका छन्।
२० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । यसअघि उनले छुट्टाछुट्टै पनि छलफल गरेका थिए ।
गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4