
News Summary
Generated by OK AI. Editorially reviewed.- एलिसिया र जोश डोहर्टीको प्रेम कथा ‘वन नाइट स्ट्यान्ड’ बाट सुरु भएर विवाह र ११ सन्तानसम्म पुगेको छ।
- उनीहरूले चारजना आफ्नै सन्तान र सातजना धर्मसन्तानलाई पालनपोषण गरी सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरे।
- एलिसियाले ११ पटक गर्भपतन गरेपछि २०१० मा एलेक्सलाई धर्मपुत्र बनाइन् र थप चार बच्चा जन्माइन्।
जीवन कहिले कसरी बदलिन्छ, भन्न सकिंदैन । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने एलिसिया र जोश डोहर्टीको प्रेम कथा यही उदाहरण हो ।
एलिसिया र जोशको पहिलो भेट ‘वन नाइट स्ट्यान्ड’ अर्थात् एक रात बिताउने संयोग थियो । तर, त्यो रात यति विशेष बन्यो कि उनीहरू त्यसको दुई दिनपछि नै लिभिङ टुगेदरमा बस्न थाले । केही समयमै उनीहरू विवाह बन्धनमा बाँधिए र अहिले ११ जना बच्चाका बाबु-आमा भइसकेका छन् ।
कसरी भए ११ बच्चा ?
एलिसिया र जोशले चारजना आफ्नै सन्तान जन्माए भने सातजना धर्मसन्तान बनाएका छन् । उनीहरूको कोखबाट जन्मिएका सन्तानहरुको नाम जोए, ड्याश, बोधि र हार्ली हो ।
एलेक्स, जेम्स, जोर्डन, जेसन, प्याट्रिक, ब्रि, नेवाह र डेशोन धर्मसन्तानहरू हुन् । तीमध्ये छ जना बच्चालाई गर्भमा हुँदा उनीहरूकी आमाले मदिरा सेवन गरेका कारण ती बच्चाहरूमा Fetal Alcohol Spectrum Disorder (FASD) नामक समस्या छ ।
एलिसियाको पीडादायक यात्रा
वास्तवामा एलिसियाको मातृत्व यात्रा सजिलो थिएन । उनले ११ पटक गर्भपतन गरिन् । त्यसपछि उनलाई आफू आमा बन्न सक्तिनँ कि भन्ने लाग्न थालेको थियो । त्यसपछि उनले सन् २०१० मा एलेक्स नामक बालकलाई धर्मपुत्र बनाइन् । त्यसको केही हप्तामै उनीले आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि चाहिँ उनका आफ्नै कोखबाट चार बच्चा जन्मिए र धर्मसन्तान बनाएका बालबालिका पनि थपिंदै गए ।
सामाजिक सञ्जालमा भाइरल परिवार
सन् २०२१ देखि एलिसिया र जोशले आफ्नो परिवारसँग सम्बन्धित भिडियोहरू टिकटक र इन्स्टाग्राममा पोस्ट गर्न थाले । उनको पारिवारिक जीवन, बच्चाहरूका दैनिकी र किनमेलका भिडियोहरू यतिधेरै लोकप्रिय भए कि अहिले उनीहरूका ७५ लाखभन्दा बढी फलोअर्स छन्।
खर्चिलो तर रमाइलो दैनिकी
एलिसिया हरेक बिहान ४ बजे उठ्छिन् । त्यसपछि विभिन्न १६ थरीका अन्नको खाजा बनाउँछिन्। दिउँसोको लन्च र बेलुकीको डिनर पनि विशेष बनाउँछिन् । हप्तामा ४ ट्रली सामान वालमार्टबाट खरीद गर्छिन्। हप्तामै करिब डेढ लाख रुपैयाँसम्म खर्च हुन्छ। दिनमा छ पटकसम्म लुगा धुने काम गर्नुपर्छ ।
जोशको सपना पूरा भयो
जोशको पालनपोषण एकल आमाले गरेकी थिइन्, जसले तीनवटा जागिर गरेर घर चलाइन्।
साना छँदा जोशसँग आफ्ना बाबु थिएनन्। त्यसैले जहिले पनि ठूलो र सुखी परिवारको सपना उनले देखेका थिए । आज उनीहरूका लागि बच्चाहरू नै प्रेरणा हुन् । उनीहरू सबै चुनौतीलाई प्रेम र मुस्कानसाथ सामना गरिररहेका छन् ।
-एजेन्सीको सहयोगमा
View this post on Instagram
प्रतिक्रिया 4