+
+
Shares

रास्वपा सांसद नेपाली भन्छन्- गाडी झन्डै तोडफोड भएन, पद भनेर उम्किएँ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:५१

२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले आफूलाई यातायात व्यवसायीले रोकेर गाडी समेत झन्डै तोडफोड गरेको गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

सोमबार तनहुँको दमौलीमा आफू चढेको गाडी व्यवसायीले रोकेको उनले बताए । हिजो देशभर यातायात व्यवसायीहरूले सार्वजनिक यातायात हडताल गरेका थिए ।

सो क्रममा आफूमाथि घटेको घटना सुनाउँदै उनले समितिको बैठकमा भने, ‘हिजो मलाई दमौलीमा यातायात व्यवसायीहरूले रोके । मैले आफ्नो पद भनेर उहाँहरूले छोड्नुभयो । गाडी झन्डै तोडफोड भएन । मैले पद भनेर उम्किएँ ।’

निजी सवारीमा हिँड्दा समेत यातायात व्यवसायीहरूले रोकेर गाडी तोडफोड जस्ता गतिविधि गरिरहेको भन्दै उनको आपत्ति थियो । यातायात व्यवसायीहरूको माग पूरा नभएको कारणले गाडीबाट निकालेर पठाउने काम भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

‘निजी सवारीमा हिँडेको मानिसहरूलाई यातायात व्यवसायीहरूको माग पूरा नभएको कारणले गाडीबाट निकालेर पठाउने काम पनि भएको थियो । यो आउनुमा को जिम्मेवारी भन्ने विषय त महत्त्वपूर्ण होला नि,’ सांसद नेपालीले भने, ‘तीन चरणको बैठकमा बुँदा नम्बर १ मा मात्र सहमति हुन नसकेको कुरा छ । यातायात व्यवसायी र सरकारबीच राम्रो निर्णय होस् भन्ने चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?