+
+
Shares

प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव : भ्रमजालबाट मुक्त हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डलाई भ्रमबाट निस्कन आग्रह गरेका छन् ।
  • जनता जागृत भइसकेको र समय परिवर्तन भएको उनको भनाइ छ ।
  • लिङ्देनले संविधान विपरीत निषेधाज्ञा बिस्तार गर्ने निर्णय फिर्ता लिन आग्रह गरे।

२० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् ।

सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।

‘भ्रमजालबाट मुक्त हुनुस्, र सुध्रनुस् । हिजो तपाईंको समय जस्तो छैन । जनता जागृत भइसकेका छन्,’ लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले माओवादीको युवा संगठन वाईसीएलले पनि बदलिएको समय बुझ्नुपर्ने बताए । ‘म वाईसीएलका भाइहरूलाई भन्छु, समय २०६४ साल अगाडि जस्तो छैन,’ उनले भने ।

प्रहरी प्रशासन र सीडीयो कार्यालयसँग पनि लिङ्देनले आग्रह गरेका छन् ।

संविधान विपरीत निषेधाज्ञा बिस्तार गर्ने निर्णय फिर्ता लिन सीडीयोसँग लिङ्देनले आग्रह गरेका हुन् । ‘संविधान विपरीत निर्णय प्रहरीले पनि मान्नु हुँदैन, सीडीयोले पनि मान्नु हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?