
News Summary
Generated by OK AI. Editorially reviewed.- सियोलमा ‘२०२५ बीटीएस फेस्टा’ नामक महोत्सव आयोजना हुँदैछ, जसले समूहको स्थापनाको १२ औं वर्ष मनाउनेछ।
- महोत्सव जुन १ देखि १३ सम्म अनलाइन र अफलाइन दुबै माध्यमबाट सञ्चालन हुनेछ, र गोयाङमा विशेष कार्यक्रम हुनेछ।
- प्रशंसकहरूले यस कार्यक्रमलाई अत्यन्तै महत्व दिँदै सामाजिक संजालमा उत्साह व्यक्त गरिरहेका छन्।
२१ जेठ, सियोल । विश्वचर्चित के-पप ब्याण्ड ‘बीटीएस’ले २ साता लामो महोत्सव आयोजना गर्दै स्थापनाको १२ औं संस्करण मनाउने भएको छ । ‘२०२५ बीटीएस फेस्टा’ नाम दिइएको महोत्सवको मुख्य उद्देश्य ब्याण्ड स्थापनालाई मनाउनु हो ।
१३ जुन बीटीएस स्थापना दिवस हो । प्रशंसकलाई लक्षित गर्दै आयोजना गरिएको महोत्सवमा विभिन्न विषयवस्तुलाई बृहत रूपमा प्रस्तुत गर्ने तयारी छ । जुन १ मा बीटीएसले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार महोत्सव जुन १ देखि १३ सम्म चल्ने जनाइएको छ ।
अनलाइन र अफलाइन दुवै माध्यमबाट इभेन्ट आयोजना भइरहेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । विश्वचर्चित लोकप्रिय ब्याण्डका प्रशंसकले यो अवसरलाई निकै महत्वका साथ लिएका छन् । दक्षिण कोरिया मात्र नभएर विश्वका अन्य मुलुकमा समेत बीटीएस सेलिब्रेसन भैरहेको छ ।
अफलाइन कार्यक्रम जुन १३–१४ सम्म ग्योन्गी–डो प्रान्तको गोयाङमा रहेको कोरिया अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा तय गरिएको छ । त्यहाँ राखिने लगभग २० वटा बुथमा आर्मी बम फोटो स्पट, विशाल आर्मी बम मूर्तिकला र प्रकाश प्रदर्शनीसहित, समूहका सदस्यहरूबाट प्रशंसकहरूलाई अडियो सन्देशहरू प्रदान गर्ने भ्वाइस जोन, ब्यान्ड र यसको प्रशंसक आधारको बारेमा एक झलक, ट्रफी जोन लगायतका फिचर प्रस्तुत हुनेछन् ।
यसका साथै, सबै बीटीएसले यस महिना आफ्नो अनिवार्य सैन्य सेवा पूरा गर्नेछन्, जसले गर्दा समूहको पुनरागमनको बारेमा विश्वव्यापी प्रशंसकहरूमाझ उच्च अपेक्षा बढेको छ ।
यो फेस्टिभलको उच्च पर्खाइ नेपालका बीटएस फ्यानमाझ पनि उच्च देखिएको छ । नेपाली फ्यानले सामाजिक संजालबाट फेस्टाको प्रचारप्रसार गर्दै उत्साह व्यक्त गरिरहेका छन् । यसको अर्थ, नेपाली फ्यानमाझ बीटीएसको यो कार्यक्रमलाई लिएर निकै उत्साह देखिन्छ ।
दक्षिण कोरियाबाहेक विश्वभर बीटीएसको स्थापनाको अवसरमा प्रशंसकले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।
प्रतिक्रिया 4