+
+
Shares

‘बीटीएस’ एल्बम ‘अरिराङ’ पहिलो दिनमै ४० लाख प्रति बिक्री, विश्व संगीतमा नयाँ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १३:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • के-पप समूह बीटीएसले पाँचौँ पूर्ण एल्बम अरिराङ सार्वजनिक गर्दै पहिलो दिन ३.९८ मिलियन प्रति बिक्री गरेको छ।
  • अरिराङले ८८ देशको आइट्युन्स टप एल्बम चार्टमा शीर्ष स्थान हासिल गरेको छ र मुख्य गीत स्विमले ९० देशको टप गीत चार्टमा पहिलो स्थान पाएको छ।
  • बीटीएसले सियोलस्थित ग्वाङ्ह्वामुन स्क्वायरमा २ लाख ६० हजार दर्शकसहित कन्सर्ट सम्पन्न गरेको छ र कार्यक्रम नेटफ्लिक्समार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो।

सियोल । के-पप समूह ‘बीटीएस’ ले आफ्नो पाँचौँ पूर्ण एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै नयाँ कीर्तिमान बनाएको छ । हाइब अन्तर्गतको बिग हिट म्युजिकका अनुसार, एल्बमले रिलिजकै पहिलो दिन ३.९८ मिलियन प्रति बिक्री गरेको हो ।

लेबलका अनुसार, यो एल्बमले बीटीएसको यसअघिको पहिलो साताको बिक्री रेकर्डलाई पार गर्दै के-पप क्षेत्रमा नयाँ मानक तय गरेको छ । विश्वभरका फ्यानले एल्बमलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् । यसले विभिन्न अन्तर्राष्ट्रिय चार्टहरूमा शीर्ष स्थान हासिल गर्दै ब्यान्डको विश्वव्यापी प्रभावलाई फेरि उजागर गरेको छ ।

४ वर्षपछि पूर्ण सदस्यसहितको पुनरागमन भएकाले पनि एल्बमप्रति दर्शकको उत्साह झन् बढी देखिएको छ ।

‘अरिराङ’ ले इटाली, मेक्सिको र स्वीडेनसहित ८८ देशको आइट्युन्स टप एल्बम चार्टमा शीर्ष स्थान हासिल गरेको छ । यसको मुख्य गीत ‘स्विम’ ले पनि अमेरिका, बेलायत, जापान, जर्मनी र फ्रान्ससहित ९० देशको आइट्युन्स टप गीत चार्टमा पहिलो स्थान पाएको छ ।

दक्षिण कोरियामा ‘स्विम’ मेलोन र बग्सजस्ता रियल-टाइम चार्टमा सार्वजनिक भएलगत्तै नम्बर १ मा उक्लिएको थियो । एल्बमका सबै गीत मेलोनको टप १०० भित्र पर्न सफल भएका छन् । गीतले घण्टौँसम्म शीर्ष स्थान कायम राख्दै आफ्नो तत्काल लोकप्रियता प्रमाणित गरेको छ ।

‘स्विम’ को म्युजिक भिडियोले पनि विश्वव्यापी रूपमा ठूलो प्रभाव पारेको छ । अमेरिका, बेलायत, मेक्सिको र फ्रान्ससहित ७० देशमा यो ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । आकर्षक दृश्य, ऊर्जावान नृत्य र समूहको पहिचान बनेको कथावाचन शैलीले भिडियोले विश्वभरका दर्शकलाई तानेको छ ।

बाङ सि-ह्युकको निर्देशनमा तयार भएको ‘अरिराङ’ ले बीटीएसको पहिचान, उनीहरूले भोगेका चुनौती र विकास, धैर्य तथा संघर्षका साझा भावनालाई प्रस्तुत गर्छ । ‘स्विम’ गीतले जीवनका कठिनाइबीच पनि अगाडि बढिरहने सन्देश बोकेको छ, जसले श्रोतालाई गहिरो रूपमा छोएको छ ।

एल्बमको कीर्तिमानी बिक्रीले सन् २०२० को फेब्रुअरीमा ‘म्याप अफ द सोल : ७’ ले बनाएको ३.३७ मिलियन प्रतिको पहिलो साताको रेकर्डलाई छोटो समयमै पार गरेको छ । यो उपलब्धिले बीटीएसको विश्वव्यापी आकर्षण अझै बलियो रहेको र उनीहरूको फ्यान समूह ‘आर्मी’ विभिन्न देश र पुस्तासम्म फैलिएको निष्ठावान समर्थक रहेको स्पष्ट देखाउँछ ।

बीटीएसले ‘बीटीएस द कमब्याक लाइभ : अरिराङ’ शीर्षकको बहुप्रतिक्षित कन्सर्ट सियोलस्थित ग्वाङ्ह्वामुन स्क्वायरमा शनिबार बेलुका सम्पन्न गरेको छ । कन्सर्टमा २ लाख ६० हजार दर्शक सहभागी थिए । कार्यक्रमलाई नेटफ्ल्क्सिमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?