News Summary
Generated by OK AI. Editorially reviewed.- स्नो रिभर्स कम्पनीले ९३ करोड ७५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्दै १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा बिक्री गर्न लागेको छ।
- आयोजना प्रभावित स्थानीयले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्, आवेदन चैत २३ देखि वैशाख ८ सम्म खुला रहनेछ।
- वैदेशिक रोजगारीमा रहेका लागि ९३ हजार ७५० कित्ता सेयरमा आवेदन खुला गरिएको छ र आवेदन चैत १२ सम्म दिन सकिनेछ।
९ चैत, काठमाडौं । स्नो रिभर्स कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयबासीका लागि छुट्याइएको छ ।
प्रभावित क्षेत्रका रुपमा ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका १ देखि ८ वडासम्म र सिदिङ्वा गाउँपालिका ५, ६ तथा पाथिभरा याङवारक गाउँपालिका ५,६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १ पर्दछन् । प्रभावितले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रभावितले छिटोमा चैत २३ तथा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेकालाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयरमा आवेदन खुलाएको छ । वैदेशिक रोजगारमा रहेकाले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा चैत १२ सम्म आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई बी प्लस रेटिङ दिएको छ । कम्पनीले १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गर्नेछ । जसको प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ।
प्रतिक्रिया 4