+
+
Shares

‘लिड रोलमा दबाब र उत्तरदायी महसुस गरेकी छु’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा शर्मा अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् र उनको तेस्रो फिल्म ‘जन्ते बाख्रो’ २३ जेठदेखि प्रदर्शनमा आउने तयारी छ।
  • उनीले ‘जन्ते बाख्रो’मा गाउँकी सरल र निर्दोष युवतीको भूमिका निर्वाह गरेकी छन् र यसलाई आफ्नो ‘ड्रीम प्रोजेक्ट’ मान्छिन्।
  • उनीले अभिनयमा अनुभव र आत्मविश्वास बढेको बताउँदै विभिन्न शैलीका भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छिन्।

काठमाडौं । म्युजिक भिडियो र टिकटकबाट उदाएकी गरिमा शर्मा अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् । ‘लण्डन टु पेरिस’ र ‘ह्रस्वदीर्घ’मा उनले अभिनय गरिसकेकी छन् ।

उनको तेस्रो फिल्म ‘जन्ते बाख्रो’ २३ जेठदेखि प्रदर्शन तयारीमा छ । ‘लिड फिमेल’को रुपमा उनको यो पहिलो फिल्म हुनेछ । अघिल्ला दुई फिल्ममा उनी सहायक भूमिकामा प्रस्तुत थिइन् ।

‘जन्ते बाख्रो’मा उनले ग्रामिण युवतीको चरित्र निर्वाह गरेकी छन् । गाउँकी एक युवती जसलाई बाहिरी दुनियाँको चालचलनबारे थाहा छैन । ‘एकदमै सरल, निर्दोष र गाउँले परिवेशमा हुर्किएको पात्र’ उनले भनिन् ।

गरिमालाई लाग्छ, ‘जन्ते बाख्रो’मा काम गर्नु उनको लागि आफ्नै किसिमको‘ड्रीम प्रोजेक्ट’ हो । अहिले आएर फिल्मको अभिनयलाई आफूले म्युजिक भिडियोमा जस्तै आत्मसात गरेको उनी बताउँछिन् ।

फिल्मसँगै सांगीतिक भिडियोमा समेत सक्रिय हुन चाहने योजना छ । ‘संगीत र सिनेमा दुवैलाई सँगसँगै अगाडि बढाउने योजना छ’, अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

‘जन्ते बाख्रो’को छायांकन र निर्माण अनुभवलाई उनले सिकाइको अवसरको रुपमा लिएकी छन् । सौगात मल्लजस्ता अनुभवी कलाकारसँग काम गर्दा सिक्न पाएको उनको अनुभव छ । निर्देशक सिमोस सुनुवारको स्पष्ट निर्देशन शैली र सहज वातावरणले अभिनयलाई सजिलो बनाएको उनले बताइन् ।

पहिलोपटक शीर्ष भूमिका निर्वाह गर्दा प्राप्त जिम्मेवारी उनले महसुस गरेकी छन् । सपोर्टिङ भूमिकाभन्दा लिड रोलमा दबाब बढी हुने र आफूले बोकेको पात्रका लागि दर्शकसँग प्रत्यक्ष उत्तरदायी हुनुपर्ने उनले अनुभव गरिन् ।

अहिलेसम्म अभिनय गरेका तीन फिल्ममार्फत आफूमा धेरै परिवर्तन आएको उनी बताउँछिन् । आत्मविश्वास, स्क्रिप्ट बुझ्ने शैली, र निर्देशकको दृष्टिकोण बुझ्ने क्षमता अहिले धेरै फरक भएको उनको बुझाइ छ ।

गरिमा विभिन्न शैलीका भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् । चाहे त्यो गम्भीर नारी भूमिका हुन् वा हल्का-फुल्का हाँस्यपात्र नै किन नहोस् । साथै, आफूले अभिनयमा प्रेरणा पाएका धेरै कलाकारसँग भविष्यमा काम गर्ने चाहना पनि उनले व्यक्त गरेकी छन् ।

सौगात दाइसँग काम गर्ने इच्छा पुरा भएको उनले बताइन् । ‘जन्ते बाख्रो’मा सौगात मल्लसँग स्क्रिन सेयर गर्नुको अनुभवबारे उनी सकारात्मक छिन् । सौगात मल्लजस्तो गम्भीर र समर्पित कलाकारसँग काम गर्दा आफूले धेरै कुरा सिकेको र अभिनयमा आफूलाई सहज महसुस गराएको उनले बताइन् ।

यो फिल्म दर्शकले किन हेर्ने ? उनको जवाफ छ- ‘फिल्म एकदमै सरल छ, तर त्यसमा जीवनका गहिरा अर्थहरू छन् ।’ ग्रामीण परिवेश, प्रेम, आत्म-अन्वेषण र हाँसोको सन्तुलन भएको कथाले सबै उमेरका दर्शकलाई आकर्षित गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?