+
+
Shares

‘ऊनको स्वीटर’ १० करोड क्लबमा प्रवेश, ‘अञ्जिला’लाई उछिन्यो

यो सप्ताहन्त ‘बोक्सी घर’लाई पनि उछिन्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १६:१७
एलेक्स पारस र परीक्षा लिम्बु ‘ऊनको स्वीटर’को एक दृश्यमा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘ऊनको स्वीटर’ घरेलु बक्सअफिसमा १० करोड क्लबमा प्रवेश गरेको छ।
  • बुधबार रातिसम्म यसले १० करोडको आँकडा छुने पक्कापक्की छ।
  • यसले ‘बोक्सीको घर’ र ‘अञ्जिला’लाई उछिनेको छ।

काठमाडौं । इट्स अफिसियल ! अन्ततः ‘ऊनको स्वीटर’ घरेलु बक्सअफिसमा १० करोड क्लबमा प्रवेश गरेको छ ।

बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ९ करोड ९४ लाख ९७ हजार ५२२ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

रात्रीकालिन शो र अकुपेन्सीको ट्रेन्ड हेर्दा यो फिल्मले बुधबार रातीसम्म देशब्यापी १० करोडको आँकडा छुने पक्कापक्की छ ।

यसअघि १० करोड क्लबमा प्रवेश गर्ने फिल्म थियो- बोक्सीको घर । केकी अधिकारी स्टारर फिल्मको लाइफटाइम कलेक्सन नै १० करोड २ लाख थियो ।

यो सप्ताहन्तमा ‘ऊनको स्वीटर’ले ‘बोक्सीको घर’को कूल कमाइलाई समेत उछिन्ने प्रक्षेपण छ ।

विपिन कार्की र मिरुना मगर स्टारर फिल्मले मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई उछिनेको छ । बुधबार दिउँसो १ बजेसम्म ‘अञ्जिला’को कूल कमाइ ८ करोड ८२ लाख रुपैयाँ ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?