
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–७ सिफलको बाल व्यवसायी माध्यमिक विद्यालयले आन्दोलन स्थल परिवर्तनको माग गरेको छ।
- विद्यालयले चौरमा भएको आन्दोलनले विद्यार्थीहरूमा प्रभाव परेको भन्दै शान्ति क्षेत्रको कारण स्थान परिवर्तन गर्न आग्रह गरेको हो।
२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–७ सिफलमा रहेको बाल व्यवसायी माध्यमिक विद्यालयले सिफल चौरमा भएको राजावादीको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको भन्दै आन्दोलन स्थल परिवर्तन गर्न आग्रह गरेको छ ।
‘चौरसँगै विद्यालय छ । विभिन्न खालका समावेशी विद्यार्थीहरू अध्ययन गर्छन् । अपङ्गता भएका, बौद्धिक अपाङ्ता, दृष्टिविहीन बालबालिकाले पढ्छन् । चौरमा नारा, जुलस, चर्को आवाजको साउन्डले प्रभावित भएको छ,’ प्रधानाध्यापक रामप्रसाद ढुंगानाले भने ।
विद्यालय शान्ति क्षेत्र भएकाले आन्दोलन स्थल परिवर्तन गर्न विद्यालयले माग गरेको छ ।
‘झडप भयो भने विद्यार्थीको स्थिति के हुन्छ ? संवेधनशील ठाउँमा आन्दोलनको स्थान नदिन जिल्ला प्रशासनलाई पत्र लेखेका छौँ,’ उनले भने ।
यद्यपि, उक्त चौरमा आज भने आन्दोलनको कार्यक्रम नरहेको र कक्षा सञ्चालन भइरहेको प्रधानाध्यापक ढुंगानाले बताए ।
प्रतिक्रिया 4