+
+
Shares

धमाधम हटाइँदै दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलका रुख

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गामा रहेका रुख हटाउने काम अन्तिम चरणमा पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोधारा चाँदनी एकीकृत जाँच चौकीको निर्माण कार्यले गति लिएको छ।
  • रुख कटान कार्य १५ दिनभित्र सम्पन्न हुने र निर्माण प्रक्रिया अघि बढ्नेछ।
  • परियोजनाको लागत करिब ३ अर्ब ८० करोड नेपाली रुपैयाँ हो र भारतीय कम्पनीसँग सम्झौता प्रक्रिया अन्तिम चरणमा छ।

२१ जेठ, काठमाडौं । राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुक्खा बन्‍दरगाह निर्माण परियोजनाको कामले गति लिएको छ ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गामा रहेका रुख हटाउने काम अन्तिम चरणमा पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

उक्त जग्गा प्रयोग गर्न र जग्गामा रहेका रुख र पोल हटाउन मन्त्रिपरिषद्ले २ असोज २०८१ मा स्वीकृति दिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच २३ पुस २०८१ मा सम्झौता भएको थियो ।

एकीकृत जाँच चौकी निर्माण गर्न संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वनको ४२.३६ हेक्टर जग्गामा भएका १ हजार ५ सय ९३ वटा रुख कटान गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट २४ माघमा अनुमति प्राप्त भएको थियो ।

आदेश प्राप्त भएपछि समितिले १ फागुनमा रुख कटानका लागि टेन्डर प्रकाशित गरी छनोट कम्पनीबाट ८ वैशाख २०८२ देखि रुख कटान सुरु गरेको हो । हालसम्म निर्माण स्थलमा भएका रुखमध्ये ९ सय ४० वटा काटिएको छ । बाँकी रुख कटान आगामी १५ दिनभित्र सकिने समितिको भनाइ छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस परियोजनाका लागि नेपाल र भारतबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आयोजनाको कुल लागत करिब ३ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर छ ।

हाल भारतीय पक्षबाट निर्माण कम्पनी छनोट भइसकेको र चाँडै उक्त निर्माण कम्पनीसँग सम्झौतामा हस्ताक्षर हुने जानकारी प्राप्त भएको समितको भनाइ छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार रुख व्यवस्थापनको काम सकिए लगत्तै निर्माणको काम थालिने छ । यहाँ अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार–सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी/खाद्य प्रयोगशाला (क्वारेन्टिन) प्रशासनिक भवन लगायत संरचना निर्माण हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?