+
+
Shares

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरु बन्द

मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गरेका थिए ।

रासस रासस
२०८२ जेठ २१ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाजामा इजरायली सेनाले गोली चलाउँदा २७ जनाको मृत्यु भएपछि सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिएको छ।
  • संयुक्त राष्ट्रसङ्घले गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्दै, नाकाबन्दी र मानवीय संकटबारे चिन्ता व्यक्त गरेको छ।
  • तरऽ इजरायली सेनाले भने नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै अनुसन्धान भइरहेको र मानवीय सहायता जारी रहेको दाबी गरेको छ।

२१ जेठ, गाजा । संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ ।

मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो ।

इजरायलले हालै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी गरेपछि गाजाको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । ःसंयुक्त राष्ट्र सुरक्षा परिषदले बुधबार गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको छ ।

जीएचएफले बुधबार आफ्नो नवीकरण, पुनर्गठन र दक्षता सुधारका लागि वितरण केन्द्रहरू बन्द गरिने र बिहीबार पुनः सञ्चालन सुरु गर्ने बताएको छ । मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गरेका थिए ।

इजरायली सेनाले नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ । इजरायलले आफ्नो सेनाले गाजाका मानिसहरूलाई सहायता सङ्कलन गर्नबाट नरोकेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका प्रमुख भोल्कर टर्कले नागरिकहरूमाथि भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लङ्घन र युद्ध अपराध भएको उल्लेख गरेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निर्दोष गाजावासीहरुले इजरायलको अभूतपूर्व आक्रमणको सामना गरिरहेका बताएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?