+
+
Shares

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
  • उनीमाथि विश्वासघात र ठगीको आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ।
  • उनीहरूलाई पर्सा पठाउन उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रक्रिया सुरु गरेको छ।

२२ जेठ, काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्रेर पर्सा पठाइदिँदै छ ।

कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई पर्सा पठाउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?