 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा विरुद्धको रिट दर्ता अस्वीकार गरेको छ।
- राजावादीहरुको आन्दोलनलाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको थियो।
- भद्रप्रसाद नेपालले रिट दरपिठविरुद्ध रिट लिएर पुन: सर्वोच्च अदालत जाने बताएका छन्।
२२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।
त्यसविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल भनेर चिनिने भद्रप्रसाद नेपालले रिट दायर गर्न खोजेको थिए । तर सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।
नेपालले रिट दरपिठ विरुद्ध निवेदन लिएर पुन: सर्वोच्च अदालत जाने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4