+
+
Shares

अंगीकृत नागरिकका समस्या विधेयकले सम्बोधन गर्छ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन सरलीकृत गर्ने बताएका छन्।
  • उहाँले स्वघोषणा आधारमा नागरिकता प्रदान गर्न र जटिलता समाधान गर्न विधेयक संशोधन आवश्यक भएको बताए।
  • सभी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता व्यवस्थित रूपमा वितरण भइरहेको र विधेयक चाँडो अघि बढाउन आग्रह गरिएको छ।

गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन सरलीकृत गरिने बताएका छन् ।

२२ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताए ।

बुबाको नागरिकता भए तत्काल नागरिकता दिने र आमाको नागरिकता मात्रै भए बाबु खोज्ने परिस्थितिले जटिलता उत्पन्न भएकाले नागरिकता विधेयकको संशोधनले त्यसलाई समाधान गर्ने उनको भनाइ छ । गृहमन्त्री लेखकले अंगीकृत नागरिकका विषयमा देखिएका जटिलतालाई समेत विधेयकले सम्बोधन गर्ने दावी गरे ।

देशभरका सबै जिल्ला प्रशासन कार्यालयका साथै इलाका कार्यालयबाट व्यवस्थित रूपमा नागरिकता वितरण भइरहेको उल्लेख गर्दै उनले टोकन प्रणालीमार्फत परामर्शसहित सेवा प्रदान भइरहेको जानकारी दिए ।

नागरिकता सम्बन्धी समस्या समाधानका लागि विधेयक महत्वपूर्ण भएकाले चाडो भन्दा चाडो विधेयक अघि बढाउन उनले समिति समक्ष आग्रह गरे ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि ८० भन्दा बढी विषयमा संशोधन प्रस्ताव दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?